बागलुङ ।चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुलको आयोजना तथा चिल्ड्रेन लाइफ स्पोर्टस् क्लबको सह–आयोजनामा आयोजित तेस्रो अन्तर विद्यालय शिक्षक स्तरीय फुटसल प्रतियोगिताको उपाधि फ्युचर ब्राइटर बोडिङ स्कुलले जितेको छ ।
शनिबार प्रतिद्वन्द्वी सिद्धार्थ शिक्षा सदनलाई ३ का विरुद्ध ४ गोलको अन्तरले पराजित गर्दै फ्युचर ब्राइटर बोडिङ स्कुलले उपाधि जितेको हो ।
कार्यक्रममा प्याब्सन जिल्ला कार्यसमिति बागलुङका अध्यक्ष दल थापा, एनप्याब्सनका केन्द्रीय सदस्य वालकृष्ण शर्मा, सिद्धार्थ शिक्षा सदनका प्रिन्सिपल भोजेन्द्र थापा र गुराँस विद्या सदनका प्रिन्सिपल निशान खड्काले प्रतियोगितामा प्रथम हुनेले खेलाडीहरुलाई नगद १७ हजार, मेडल, ट्रफी र प्रमाणपत्र र उपविजेता टोलीलाई १२ हजार, मेडल, ट्रफी र प्रमाणपत्र वितरण गर्नु भएको थियो ।
प्रतियोगिताका उत्कृष्ट खेलाडी सिद्धार्थ शिक्षा सदनका निशान थापा पनि पुरस्कृृत हुनु भएको थियो ।
प्रतियोतिमा १२ वटा टिमले भाग लिएका थिए । कार्यक्रममा चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल नवराज श्रेष्ठले विजयी खेलाडीहरुलाई बधाई दिर्दै खेल सम्पन्न गर्न सहयोग गर्नु भएका सबैलाई धन्यवाद दिनु भएको थियो ।














































































































































































































