बागलुङ । लायन्स क्लव अफ धौवलागिरि बागलुङ र लियो क्लब अफ धौवलागिरि बागलुङको संयुक्त आयोजना र विद्यामन्दिर माध्यमिक विद्यालयको समन्वयमा एक दिने निःशुल्क आँखा जाँच कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार विद्यालयको कक्षा १ देखि कक्षा १२ सम्मका ७ सय जनाले आँखा परीक्षण गराएका लायन्स क्लव अफ धौवलागिरि बागलुङका अध्यक्ष तथा नेत्र सहायक गणेश महतोले बताउनु भयो ।
लायन क्लब अफ धौवलागिरि बागलुङ पूर्व अध्यक्ष ओम प्रकाश गौतम र विद्यामन्दिर माध्यामिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष बाबुलाल शाक्यले आँखा जाँच कार्यक्रमले विद्यार्थीहरुको आँखाको स्वास्थ्य अवस्था पहिचान हुने र समस्या भएकाहरुको उपचारमा सहयोग पुग्ने बताउनु भयो ।
कार्यक्रममा विद्यालय प्रधानाध्यापक छवि रमण शर्मा रेग्मी, विद्यालय नर्स सविता ज्ञावली, क्लवका प्रथम उपाध्यक्ष राजेश भारी, तृतीय उपाध्यक्ष मनोज श्रेष्ठ, लियो क्लब अफ धौवलागिरि बागलुङका पूर्व अध्यक्ष प्रवेश पौडेल, निवर्तमान अध्यक्ष मनिष कँडेल र अध्यक्ष सचिन हरिजनको उपस्थिति रहेको थियो। शिविरमा विद्यालयका शिक्षक तथा कर्मचारीहरूको पनि आँखा जाँच गरिएको थियो ।
आँखा जाँच गरिएका विद्यार्थीहरुमध्यमा दृष्टिदोषको समस्या देखिएका १९ जना विद्यार्थीले चश्मा लगाउनु पर्ने अवस्था रहेको नेत्र सहायक महतोले बताउनु भयो ।
कार्यक्रम लायन्स क्लव अफ धौवलागिरि बागलुङका अध्यक्ष गणेश महतोको अध्यक्षता, क्लवका प्रथम उपाध्यक्ष राजेश भारीको स्वागत र लियो क्लव अफ धौवलागिरि बागलुङकी सचिव शिवानी शाक्यको सञ्चालनमा सम्पन्न भएको थियो ।




















































































































































































































