४ श्रावण २०८३, सोमबार

 

मानव सेवा आश्रमलाई भोजन सहयोग

बागलुङ । बागलुङ कालिका आवा रोड आमा समूहले बागलुङ नगरपालिका-३ किनारा टोलमा रहेको मानव सेवा आश्रमका आश्रितहरुलाई भोजन सहयोग गरेको छ ।

सामाजिक उत्तरदायित्व अन्तर्गत शुक्रबार आमा समूहले ८ हजार ५ सय रुपैयाँको भोजन सहयोग गरिएको अध्यक्ष यमुना रेग्मीले जानकारी दिनु भयो ।

आश्रमलाई सम्झेर सहयोग गर्नु भएकोमा आश्रमका सञ्चालिका विपना तामाङले आमा समूहलाई धन्यवाद दिनु भएको थियो ।

आश्रमले बागलुङ नगरपालिका ४ निर्णयघाटमा निर्माण विभिन्न दाता तथा निकायबाट सहयोग जुटाएर ७७ सालबाट आफ्नै भवन निर्माण कार्य शुरु गरेको छ ।

करिब १२ करोडको लागत अनुमान रहेको भवन निर्माण कार्यमा हालसम्म विभिन्न निकायबाट ३ करोड बढी सहयोग जुटाएर निर्माण कार्य भईरहेको छ ।

भवन निर्माणका लागि बागलुङ, म्याग्दी र पर्वतका स्थानिय तहसंगै विभिन्न संघसंस्था र समाजसेवीहरुले सहयोग गरेको छन् ।

उक्त भवन निर्माण भएपछि करिब २ सयदेखि ३ सय जनालाई आश्रय दिन सकिने छ ।सेवा स्थानको अभावका कारण सबै सहयोगापेक्षीको उद्धार गर्न नसकिएको, अस्थाई रुपमा संचालित आश्रम संचालनका लागि वर्षातमा असहज भएको लगायतका चुनौती रहेको छ ।

आश्रमले अहिलेसम्म ६५ जना पुरुष र ८७ जना महिलाको उद्धार गरेको २८ जनाको पारिवारिक पुर्नमिलन गराएको ६१ जनाले स्वेच्छाले आश्रम छाडेको जनाईको छ ।

अहिले ५५ जनाले आश्रममा आश्रय लिएर बसेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung