३ श्रावण २०८३, आईतवार

 

न्यू ओऐसिस एकेडेमीमा पर्यटन युवा विद्यार्थी क्लब गठन, अध्यक्षमा कामना श्रेष्ठ

बागलुङ । बागलुङ नगरपालिका-४ स्थित न्यू ओऐसिस एकेडेमीमा पर्यटन युवा विद्यार्थी क्लब गठन गरिएको छ ।

मंगलबार न्यू ओऐसिस एकेडेमीका विद्यार्थी कामना श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय क्लब सर्वसम्मत चयन भएको न्यू ओऐसिस एकेडेमीका प्रिन्सिपल नेत्र न्यौपानेले नयाँ विश्वलाई जानकारी दिनु भयो ।

क्लबले पर्यटकीय गन्तव्यहरुको प्रचारप्रसार, नयाँ पर्यटकीय स्थानको खोजी तथा परम्परागत खानपान, रहनसहन, कला र संस्कृतिको संरक्षण र प्रवद्र्धनमा कार्य गर्ने अध्यक्ष श्रेष्ठले बताइन् ।

समितिको उपाध्यक्षमा विशिका पुन, सचिवमा आशिका जिसी, कोषाध्यक्षमा दिप्शन कार्की, सहसचिवमा मुकुन्द आचार्य रहेका छन् ।

साथै सदस्यहरुमा ममता क्षेत्री, कृश्मा श्रेष्ठ, आयुश सापकोटा, आयुस्मा जिसी, स्मृति खड्का, सुस्मिता दर्जी, प्रिन्स जिसी, विधिका खत्री, अस्मित गुरुङ र टेकबहादुर थापा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung