१५ कार्तिक २०८३, शनिबार

 

व्यापार संगठन बागलुङद्वारा सापकोटा प्रति श्रद्धाञ्जली व्यक्त

बागलुङ ।नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङ, नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङ नगर समिति, नेकपा (माओवादी केन्द्र) बागलुङ र नेकपा (माओवादी केन्द्र) बागलुङ नगर समितिको आयोजनामा बागलुङ नगरपालिका-४ कुँडुले, छाप निवासी मन कुमारी सापकोटाको स्मृतिमा मंगलबार श्रद्धाञ्जली सभा आयोजना गरिएको थियो ।

नेपाल उद्योग व्यापार महासंघ गण्डकी प्रदेशका कोषाध्यक्ष तथा नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङका महासचिव गोकुल प्रसाद कँडेलका ममतामयी सासु आमा, श्रीमती जमुना कँडेल, छोराहरु दिननाथ सापकोटा, राजेन्द्र सापकोटा, दोर्ण सापकोता, भुपेन्द्र सापकोटा, मुरारी सापकोटाका ममतामयी आमा मन कुमारी सापकोटा प्रति नेकपा (माओवादी केन्द्र) प्रदेश सदस्य टिका विक, जिल्ला संयोजक राजिव घिमिरे, बागलुङ नगर समितिका अध्यक्ष निर्मलबहादुर श्रेष्ठ, सहसचिव जिवन शर्मा, सदस्यहरु राजन शर्मा, दुर्गा विक, निर्वतमान अध्यक्ष रतन मलेपती, नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङका अध्यक्ष तथा केन्द्रीय सदस्य मुकेशचन्द्र राजभण्डारी, उपाध्यक्षहरु गगनबहादुर पुन मगर, प्रकाश पौडेल, कोषाध्यक्ष तथा नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्य मनकाजी विश्वकर्मा, नगर समितिका अध्यक्ष हेमलाल पौडेल, अनेमसंघ क्रान्तिकारी बागलुङका अध्यक्ष ललिता थापा, अखिल क्रान्तिकारी बागलुङका अध्यक्ष खिमनान्द कँडेल विकासले मृतक आत्मा प्रति श्रद्धाञ्जली र शोकाकुल परिवार जनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

श्रद्धाञ्जली सभामा उपस्थिति सबै महानुभावहरुमा परिवारको तर्फबाट ज्वाई गोकुल प्रसाद कँडेलले धन्यवाद व्यक्त गर्नु भएको थियो ।

कार्यक्रमको सञ्चालन नेकपा (माओवादी केन्द्र) बागलुङ नगर पालिका-४ का वडा पार्टी अध्यक्ष यामलाल आचार्यले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung