
बागलुङ । जिल्ला प्रशासन कार्यालय, बागलुङबाट सरुवा भएर जान लाग्नु भएका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीलाई विदाई गरिएको छ ।
नेपाल राष्ट्रिय उघोग व्यापार संगठनको आयोजनामा गृह मन्त्रालय सरुवा भई जान लाग्नु भएका प्रमुख जिल्ला अधिकारी सुवेदीलाई आइतबार विदाई गरिएको हो ।
बागलुङमा रहदा जिल्लाको शान्ति सुरक्षा, सेवा प्रवाह र विकास निर्माण कार्यमा गर्नुभएको सहजिकरणका लागि नेपाल राष्ट्रिय उघोग व्यापार संगठनका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले प्रमुख जिल्ला अधिकारी सुवेदीलाई धन्यवाद दिनु भएको थियो । आफ्नो बागलुङ बसाईको क्रममा समन्वय र सहयोग गर्नु भएकोमा नेपाल राष्ट्रिय उघोग व्यापार संगठनलाई प्रमुख जिल्ला अधिकारी सुवेदीले धन्यवाद दिनु भएको थियो ।
कार्यक्रममा नेपाल राष्ट्रिय उघोग व्यापार संगठनका सल्लाहकार तथा पूर्वअध्यक्ष रतन प्रसाद मलेपतीले प्रमुख जिल्ला अधिकारी सुवेदीसँग सहकार्य गरेर धेरै काम सहज भएको बताउनुभयो ।
कार्यक्रम नेपाल राष्ट्रिय उघोग व्यापार संगठन बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीको अध्यक्षता तथा संगठनका महासचिव तथा प्रदेशका कोषाध्यक्ष गोकुल प्रसाद कँडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।