४ श्रावण २०८३, सोमबार

 

धौलागिरि समाजको अध्यक्षमा गोविन्द शर्मा पौडेल, महासचिवमा एक नारायण उपाध्याय

बागलुङ । धौलागिरि समाज नेपालको सातौं साधारण सभाले गोविन्द शर्मा पौडेललाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ ।

काठमाडौंमा शनिबार सम्पन्न अधिवेशनले पौडेलको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको समाजले जनाएको थियो ।

समितिको वरिष्ठ उपाध्यक्षमा भक्तराज भुषाल, उपाध्यक्षहरुमा शक्तिलाल ज्वारचन, डिलाराम सुवेदी महासचिवमा एक नारायण उपाध्याय, सचिवमा ई खिमानन्द कँडेल, कोषाध्यक्षमा जैसरा शर्मा रहेका छन् ।

साथै सदस्यहरुमा केदारनाथ गौतम, रामचन्द्र पौडेल, बुद्धिमान गौडेल, दिनेश नारायण श्रेष्ठ, खिमबहादुर खड्का, रामचन्द्र तिवारी, कृष्ण समिप सुवेदी र राम प्रसाद पौडेल रहेको निर्वाचन समितिका संयोजक अधिवक्ता नेत्र प्रसाद आचार्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung