बागलुङ । लायन्स क्लब अफ धौलागिरि बागलुङको वर्ष २०२५,२०२६ का लागि अध्यक्षमा राजेश भारी सर्वसम्मत चयन भएका छन् ।भारीको नेतृत्वमा बुधबार नयाँ कार्यसमिति चयन भएको हो ।
समितिको प्रथम उपाध्यक्ष शिव संकर साह, द्धितीय उपाध्यक्षमा मनोज श्रेष्ठ , तृतीय उपाध्यक्षमा छमबहादुर कार्की , सचिवमा विदेश कुमार श्रेष्ठ र कोषाध्यक्षमा आशिक राजभण्डारीचयन भएका छन् ।
निर्वाचन समितिका संयोजक तथा क्लबका पूर्वअध्यक्ष मुकेशचन्द्र राजभण्डारीले नयाँ समितिको घोषणा गर्नु भएको थियो ।
कार्यक्रममा लायन्स क्लब अफ धौलागिरि बागलुङका पूर्वअध्यक्ष राजन कुमार शाक्य बागलुङ उद्योग वाणिज्य संघको अध्यक्षमा निर्वाचित हुनु भएकोमा बधाई ज्ञापन गरिएको थियो ।
कार्यक्रममा लायन्स क्लब अफ धौलागिरि बागलुङका पूर्वअध्यक्ष तथा डिष्ट्रिक ३२५ के नेपालको डिष्ट्रिक इन्टरेनसनल रिलेसन चिफ काजिमान गुरूङ, पूर्वअध्यक्ष निर्माण कुमार श्रेष्ठ, लायन्स क्लब अफ धौलागिरि बागलुङका नवनिर्वाचित अध्यक्षमा राजेश भारी र बागलुङ उद्योग वाणिज्य संघको अध्यक्षका अध्यक्ष राजन कुमार शाक्यले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
लायन्स क्लब अफ धौलागिरि गण्डकी प्रदेशकै इतिहास बोकेको पुरानो क्लब हो ।
कार्यक्रम लायन्स क्लब अफ धौलागिरि बागलुङका अध्यक्ष गणेश महतोको अध्यक्षतामा सम्पन्न भएको थियो । लायन्स क्लब अफ बागलुङ सदस्यहरुको नेतृत्व विकासका साथै सामाजिक, शैक्षिक, जनस्वास्थ्य र मानविय सेवामा क्रियाशिल छ ।















































































































































































































