३ श्रावण २०८३, आईतवार

 

लायन्स क्लब अफ बागलुङ मुक्तिनाथको कार्यालय गर्भनर दुर्गा प्रसाद हुमागाईद्वारा उद्घाटन

बागलुङ । लायन्स क्लब अफ बागलुङ मुक्तिनाथको बागलुङ नगरपालिका-३ लालिगुराँस चोक नजिकै कार्यालय स्थापना गरिएको छ । सोमबार लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ के नेपालका डिष्ट्रिक गर्भनर  दुर्गा प्रसाद हुमागाईले कार्यालयको शुभारम्भ गर्नु भएको हो ।

गर्भनर हुमागाईले सामाजिक सेवामा पृथक पहिचान बनाएको बागलुङ मुक्तिनाथको कार्यालय स्थापना गरेर संस्थागत रुपमा आफूलाई व्यवस्थित गर्न लागेको र कार्यालयबाट थप सेवा प्रदान गर्न लागेकोमा बधाई तथा शुभकामना व्यक्त गर्नु भयो । कार्यक्रममा पल्टिपल कोडिनेटर पिएमसिसि दिपक श्रेष्ठ, मल्टिपल अपरचुनिटि फर युथ चियर पर्सन राजेन्द्र कुमार बताजुले मन्तव्य व्यक्त गरेका थिए ।

लायन्स क्लब अफ बागलुङ मुक्तिनाथकी अध्यक्ष प्रकृति राजभण्डारीले हाम्रो स्थापना कालदेखि एउटा सपना थियो कि हाम्रो पनि आफनो व्यवस्थित कार्यालय होस् , त्यो सपना आज पुरा हुन भएको बताइन् ।

कार्यक्रम लायन्स क्लब अफ बागलुङ मुक्तिनाथकी अध्यक्ष प्रकृति राजभण्डारीको अध्यक्षता तथा स्वागत र मेम्बरसिप चियर पर्सन सरिता राजभण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

विसं २०७९ सालमा जुनु श्रेष्ठको नेतृत्वमा स्थापना भएको लायन्स क्लब अफ बागलुङ मुक्तिनाथ क्लबका सदस्यहरुको नेतृत्व विकासका साथै सामाजिक, शैक्षिक, साँस्कृतिक, पर्यावरण, धार्मिक र मानविय क्षेत्रमा क्रियाशिल छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung