२२ भाद्र २०८३, सोमबार

 

सिगाना वडावासीद्वारा आश्रममा कोठा निर्माण गर्न पाँच लाख प्रदान

बागलुङ । मानव सेवा आश्रमको भवन निर्माणका लागि आयोजित ज्ञान–विज्ञान महायज्ञमा सोमबार बागलुङ नगरपालिका–८ सिगानावासीको तर्फबाट एक कोठा निर्माणका लागि योगदान गरिएको छ ।

सोमबार वडा अध्यक्ष छमबहादुर कार्कीको नेतृत्वमा महायज्ञस्थल निरयघाटमा सम्पूर्ण सिगानावासीको तर्फबाट एक मुष्ठ रु ५ लाख ११ हजार सहयोग प्रदान गरिएको छ ।

वडा कार्यालयका सबै नागरिको धेरै थोरी रकम संकलन गरी आश्रमलाई एक कोठा निर्माण गर्न सहयोग गरिएको वडा अध्यक्ष छमबहादुर कार्कीले जानकारी दिनुभयो ।

सोमबार बाजागाजा–भजनकृतन सहित सयौ सिगानावासीको तर्फबाट महायज्ञमा पुगेर रकम हस्तान्तरण गरिएको थियो ।

महायज्ञमा दुई दिनमा झण्डै रु एक करोड रकम संकलन भइसकेको मानव सेवा आश्रमले जनाएको छ । महायज्ञ कात्तिक २८ गतेसम्म सञ्चालनमा आउने छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung