२२ भाद्र २०८३, सोमबार

 

समाजसेवी भरत कुमार श्रेष्ठ र श्रीमती रसुमिला श्रेष्ठद्वारा आश्रममा कोठा निर्माण गर्न ५ लाख ११ हजार सहयोग

बागलुङ । मानवसेवा आश्रम बागलुङको नवनिर्मित भवनमा एक कोठा निर्माणको लागि इचंगु नगरपालिका-१ एराहिटी निवासी समाजसेवी भरत कुमार श्रेष्ठ र श्रीमती रसुमिला श्रेष्ठले रु ५ लाख ११ हजार १ सय ११ प्रदान गरेका छन् ।

आश्रमको भवन बनाउने र कोष निर्माण गर्ने पवित्र उद्देश्यका साथ सुरु भएको महायज्ञलाई सफल बनाउन बुधबार आर्थिक सहयोग हस्तान्तरण गरेको समाजसेवी रसुमिला श्रेष्ठले नयाँ विश्वलाई बताइन् ।

श्रेष्ठ परिवारले सामाजिक, शैक्षिक, जनस्वास्थ्य, धार्मिक र मानविय क्षेत्रमा नियमित सहयोग गर्दै आएका छन् ।

बागलुङ नगरपालिका–४ निरयघाटमा आश्रमको निर्माणाधीन भवन चैत्र मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यसहित कात्तिक २१ गतेदेखि सुरु भएको

महायज्ञ कार्तिक २८ गतेसम्म सञ्चालन हुने श्रीमद् भागवत् सप्ताह ज्ञानविज्ञान महायज्ञ आयोजक समितिका अध्यक्ष सहदेव राजभण्डारीले जानकारी दिनुभयो ।

महायज्ञबाट संकलित रकम भवन निर्माण र अक्षयकोष श्रीवृद्धिमा लगानी गरिने आश्रमका अभिभावक निर्मलबहादुर श्रेष्ठले बताउनुभयो । महायज्ञको कथा वाचन भागवत् भास्कर कमलनयन गौतमले गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung