बागलुङ । मानव सेवा आश्रम बागलुङ शाखाको भवन निर्माण र कोष स्थापनाको लागि आयोजित महायज्ञबाट रु ९ करोड ७० लाख संकलन भएको छ ।
कात्तिक २१ गतेबाट बागलुङ नगरपालिका–४ स्थित आश्रम निर्माणमा आयोजना गरिएको महायज्ञ शनिबार समापन भएको छ । शनिबारमात्रै रु ७५ लाख संकलन भएको थियो । महायज्ञमा दानवीरहरुको उल्लेख्य सहभागिता रहेको पाइएको छ । महायज्ञमा शुक्रबार मात्रै रु। एक करोड ३४ लाख संकलन भएको महायज्ञका सचिव युक्तप्रसाद सुवेदीले बताउनुभयो ।
यस्तै महायज्ञमा बिहिबार सबैभन्दा बढी रकम रु।एक करोड ६२ लाख संकलन भएको थियो । महायज्ञ आयोजक समितिका कोषाध्यक्ष सरिता गौतमका अनुसार महायज्ञमा १० करोड रकम संकलन गर्ने लक्ष्य राखिएकोमा लक्ष्यको नजिक पुगेको बताउदै अझैपनि अनलाइनमार्फत सहयोग आउनेक्रम जारी रहेकाले रु १० करोड पुग्ने बताउनुभयो ।
महायत्रमा हजारौ दानतादाहरुको सहयोग रहेको गौतमले बताउनुभयो । उहाँले बागलुङ, पर्वत, म्याग्दी लगायत देशका विभिन्न स्थानका साथै विदेशमा रहेका नेपालीहरूले अनलाइन ९क्युआर०मार्फत समेत सहयोग गरिरहेको महायज्ञका अध्यक्ष सहदेव राजभण्डारीले बताउनुभयो ।
महायज्ञमा शनिबार सबैभन्दा बढी रकम बागलुङ नगरपालिका–४ उपल्लाचौर निवासी ऋषिराम गौतम तथा सरिता गौतमले मानवसेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका लागि रु। ६ लाख ९ हजार सहयोग प्रदान गर्नुभएको छ । शनिबार आश्रमका चार कोठा मिर्नाणका लागि एक मुष्ट २० लाख सहयोग प्राप्त भएको छ ।
आश्रम एक कोठा निर्माणका लागि रु। ५ लाख ११ हजार संस्थागत रुपमा समेत प्राप्त भएको थियो । महायज्ञमा पाँच हजार देखि १० लाख सम्म रकम दान संकलन भएको आश्रमले जनाएको छ । मानवीय सेवा सरिक हुँदै मनकारी दाताहरूले उत्साहपूर्ण सहयोग प्राप्त भइ महायज्ञ समापन गरिएको आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो ।
सडक आश्रित, असहाय, अपाङ्ग, मानसिक रोगी तथा घरबार बिहिन सडक मानवको पुनस्र्थापनाका लागि निर्माणाधिन आश्रम बागलुङको भवनमा सहयोग पुग्ने उद्देश्यले आयोजना गरिएको यस महायज्ञमा दाताहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
देश–विदेशमा रहेका बागलुङवासी, संघ–संस्था तथा सहयोगी व्यक्तिहरूले नगद, क्युआर कोड र अन्य माध्यममार्फत सहयोग प्रदान गरेका थिए ।
महायज्ञबाट संकलित रकम भवन निर्माण र अक्षयकोष श्रीवृद्धिमा लगानी गरिने आश्रमका अभिभावक लक्ष्मी बाँस्कोटाले बताउनुभयो । महायज्ञको कथा वाचन भागवत् भास्कर कमलनयन गौतमले गर्नु भएको छ ।
















































































































































































