बागलुङ । रोटरी क्लव अफ बागलुङको वर्ष २०२६ र २०२७ को अध्यक्षमा पुनम शर्मा सर्वसम्मत चयन भएका छन ।
क्लवको आगामी अध्यक्षमा निर्मला जिसी पन्त, प्रथम उपाध्यक्षमा निशान खड्का, द्धितीय उपाध्यक्ष गणेश थापा र तृतीय उपाध्यक्ष अनिता घिमिरे रहेका छन् ।
साथै सचिवमा प्रतिमा श्रेष्ठ, कोषाध्यक्षमा विवश गैरे र सह-सचिवमा शालिक राम शर्मा चयन भएका छन ।
क्लबको प्रशासन प्रमुखमा बद्री ढुंगाना, सर्भिस प्रोेजेक्ट चियरमा शिव केसी, मेम्बरसिप डेलपमेन्ट चियरमा सुदिप राजभण्डारी, तिआरफेअ चियरमा उपेन्द्र गौतम, पब्लिक इमेज चियरमा एन्जिल शाक्य, क्लब सचेतकमा नेत्रलाल न्यौपाने, क्लब ट्रेनरमा भवन राज बराल, सम्पादकमा भुपाल चालिसे रहेका छन् ।
कार्यक्रम रोटरी क्लब अफ बागलुडका अध्यक्ष नारायण गौतमको अध्यक्षता र सचिव निशान खड्काको संचालनमा सम्पन्न भएको थियो । डा. रामराज लम्सालको नेतृत्व सन् २००६ मा रोटरी क्लब अफ बागलुडको स्थापना भएको थियो ।













































































































































































































