बागलुङ । लायन्स क्लब अफ बागलुङ ताराखोलाको नव गठित नयाँ कार्यसमितिका पदाधिकारीहरुको पदस्थापना सम्पन्न भएको छ ।
कार्यक्रममा लायन इन्टरनेशनल डिष्ट्रिक ३२५ के नेपालका गभर्नर दुर्गा प्रसाद हुमागाई, कोषाध्यक्ष रामकुमार लामिछाने, चिफ एडभाइजर टिकाराम सापकोटा, लायन्स क्लब अफ बागलुङ ताराखोलाका क्लबका अध्यक्ष हरि प्रसाद पौडेलले मन्तव्य व्यक्त गरेका थिए ।
लायन्स क्लब अफ ताराखोलाको अध्यक्षमा पौडेल, प्रथम उपाध्यक्षमा नइन्द्रबहादुर गरुङ, द्धितीय उपाध्यक्षमा शिव प्रसाद निउरे, सचिवमा पूर्ण भद्र निउरे, कोषाध्यक्षमा गणेशबहादुर कार्की, सदस्यहरुमा टेकबहादुर पुन, गणेशबहादुर घर्ति मगर,थम प्रसाद रोका, छमबहादुर विक, तेजमाया गुरुङ , नरबहादुर पुलिसा,टेकबहादुर घर्ति, खिमबहादुर थापा, तमबहादुर घर्ति,प्रकाश रोका, दिलिप केसी, कुलबहादुर घर्ति, जिवन बस्नेत र प्रकाश घर्ति रहेका छन् ।
कार्यक्रम लाइन्स क्लब अफ बागलुङ सिटीकी उपाध्यक्ष सन्ध्या राजभण्डारीको अध्यक्षता, डिष्ट्रिक कोर्डिनेटर कविता बस्नेत स्वागतको स्वागत र रिजन चियर पर्सन जुनु श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।















































































































































































































