३ श्रावण २०८३, आईतवार

 

लायन्स क्लब अफ बागलुङ पञ्चकोटको अध्यक्षमा युवराज पुन, सचिवमा गोविन्द शर्मा

बागलुङ । लायन्स क्लब अफ बागलुङ पञ्चकोटको वर्ष २०२६-२०२७ का लागि अध्यक्षमा युवराज पुन सर्वसम्मत चयन भएका छन् ।

पुनको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । समितिको प्रथम उपाध्यक्षमा वालकृष्ण शर्मा, सचिवमा गोविन्द शर्मा र कोषाध्यक्षमा दिपक सुवेदी चयन भएका छन् ।

नवनिर्वाचित कार्यसमितिलाई अध्यक्ष हरि प्रसाद गौतम, क्लब एक्सटेन्सन चिफ चन्द्र राज रेग्मी, डिष्ट्रिक चिफहरु गणेश राज लम्साल, श्रीकृष्ण पौडेल, एरिया चिफ खगेश्वर पौडेल, र  रिजन चियर पर्सन रमेश पौडेलले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

लायन्स क्लब अफ बागलुङ पञ्चकोट सदस्यहरुको नेतृत्व विकासका साथै सामाजिक, शैक्षिक, जनस्वास्थ्य र मानविय सेवामा क्रियाशिल छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung