बागलुङ । लायन्स क्लब अफ बागलुङ शालिग्रामको वर्ष २०२६-२०२७ का लागि अध्यक्षमा ईन्द्र कुमारी काउचा सर्वसम्मत चयन भएका छन् ।
सोमबार केसीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।
समितिको प्रथम उपाध्यक्षमा शर्मिला श्रेष्ठ, द्धितीय उपाध्यक्षमा रितु श्रेष्ठ, तृतीय उपाध्यक्षमा रिता शर्मा कार्की, सचिवमा अमृता केसी र कोषाध्यक्षमा पार्वती कार्की चयन भएका छन् ।
नवनिर्वाचित कार्यसमितिलाई लायन्स क्लब अफ बागलुङ शालिग्रामकी अध्यक्ष आशा राजभण्डारी भारी र डिष्ट्रिक कोडिनेटर कविता बस्नेतले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रम लायन्स क्लब अफ बागलुङ शालिग्रामकी अध्यक्ष आशा राजभण्डारी भारीको अध्यक्षता र सचिव रिता शर्मा कार्कीको संचालनमा सम्पन्न भएको थियो ।
लायन्स क्लब अफ बागलुङ शालिग्राम सदस्यहरुको नेतृत्व विकासका साथै सामाजिक, शैक्षिक, जनस्वास्थ्य र मानविय सेवामा क्रियाशिल छ ।













































































































































































































