३ श्रावण २०८३, आईतवार

 

पुर्खा धञ्जुसिंह राजभण्डारी अध्ययन अनुसन्धान केन्द्रद्वारा तीन व्यक्तित्व सम्मानित

बागलुङ । पुर्खा धञ्जुसिंह राजभण्डारी अध्ययन अनुसन्धान केन्द्र बागलुङले दुई जना समाजसेवी र एक जना चिकित्सकलाई सम्मान गरेको छ ।

बागलुङका राजभण्डारी भक्तपुरबाट आएको २२१औँ वर्षगाँठको अवसरमा शुभकामना आदान प्रदान एवं सम्मान समारोह आयोजना गरेको हो ।

कार्यक्रममा स्वास्थ्यकर्मी तथा समाजसेवी यशोदा राजभण्डारी, नेपाल नेत्र ज्योति संघ एवं धौलागिरि आँखा अस्पतालका अध्यक्ष विन्दु सागर राजभण्डारी र नेत्र रोग विशेषज्ञ डा योगिता राजभण्डारीलाई कार्यक्रमका प्रमुख अतिथि समाजसेवी लालचन्द्र राजभण्डारी र पुर्खा धञ्जुसिंह राजभण्डारी अध्ययन अनुसन्धान केन्द्रका अध्यक्ष काजि रोशनले दोसल्ला र कदरपत्रले सम्मान गरेका हुन् ।

कार्यक्रममा नेपाल भाषा मंका खल बागलुङका अध्यक्ष जयराम भारी, अधिवक्ता निरञ्जन राजभण्डारी, समाजसेवी लालचन्द्र राजभण्डारी, सम्मानित व्यक्तित्वहरु यशोदा राजभण्डारी, नेपाल नेत्र ज्योति संघ धौलागिरि आँखा अस्पतालका अध्यक्ष विन्दु सागर राजभण्डारी, डा योगिता राजभण्डारीले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम पुर्खा धञ्जुसिंह राजभण्डारी अध्ययन अनुसन्धान केन्द्र बागलुङका अध्यक्ष काजि रोशन, सदस्य विजयश्याम राजभण्डारीको स्वागत र सचिव युक्त जंग राजभण्डारीको संचालनमा सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung