बागलुङ । लायन्स क्लब अफ बागलुङ युनियनको वर्ष २०२६-२०२७ का लागि अध्यक्षमा चुडामणि सापकोटा सर्वसम्मत चयन भएका छन् ।शुक्रबार सापकोटाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।
समितिको प्रथम उपाध्यक्षमा कुल कार्की, द्धितीय उपाध्यक्षमा ईश्वर खत्री, तृतीय उपाध्यक्षमा माधव सापकोटा, सचिवमा राजु रोका र कोषाध्यक्षमा विष्णु प्रसाद गौतम चयन भएका छन् ।
नवनिर्वाचित कार्यसमितिलाई लायन्स क्लब अफ बागलुङ युनियनका अध्यक्ष लक्ष्मण कार्की, सिनियर एडभाइजर दुर्गा कुँवर, डिष्ट्रिक कोडिनेटर अनुप रिजाल, डिपार्टमेन्ट चिफ नारायण आचार्य, जोन चियर पर्सन दुर्गा श्रीस, संस्थापक अध्यक्ष बलराम गौतम, पूर्वअध्यक्षहरु प्रेम लामिछाने, लोकेन्द्र केसी, सन्दिप खड्काले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
निर्वाचन समितिका संयोजक नारायण आचार्य र सदस्य बलराम गौतमले नयाँ कार्यसमितिको घोषणा गर्नु भएको थियो ।
कार्यक्रम लायन्स क्लब अफ बागलुङ युनियनका अध्यक्ष लक्ष्मण कार्कीको अध्यक्षता र सचिव टिकाराम शर्माको संचालनमा सम्पन्न भएको थियो ।लायन्स क्लब अफ बागलुङ युनियन सदस्यहरुको नेतृत्व विकासका साथै सामाजिक, शैक्षिक, जनस्वास्थ्य र मानविय सेवामा क्रियाशिल छ ।















































































































































































































