
प्रेस युनियन बागलुङ शाखाले आगामी वैशाख ३१ मा हुन लागि रहेको स्थानीय तहको चुनावलाइ लक्षित गरी जिल्लाका विभिन्न नगरपालिका,गाउँपालिका तथा वडामा प्रचार प्र्रसार संयोजक विभाजन गरेको छ । स्थानीय तहको चुनाव नजिएका बेला आफ्नो नगरपालिका तथा गाउँपालिकामा हुने चुनाव केन्द्रित क्रियाकलापहरुलाइ सार्वजनिक गर्नका लागि जिल्लामा कार्यरत पत्रकार तथा सञ्चारकर्मीहरुलाइ पायक पर्ने नगरपालिका र गाउँपालिकामा संयोजक तोकी जिम्मेवारी दिइएको हो ।
जिल्ला भरि प्रदिप पन्तको संयोजकत्वमा नगरपालिका तथा गाउँपालिकामा भएका चुनावी अपडेटहरु सार्वजनिक गर्न जिम्मेवारी तोकिएको हो । बागलुङ नगरपालिका वडा नम्वर १,२,३ र ४ मा शुवास आचार्य,वडा नम्वर ५,६ र ७ मा रविन परियार,वडा नं ८,९,१०,११ सुमन जिसी,बानपा १२,१३ र १४ बलेवा क्षेत्रमा नारायण रिजाल रहनुुभएको छ । त्यस्तै जैमिनी नगरपालिकामा संयोजकमा हरि शर्मा र सहसंयोजक नारायण रिजाल रहनुभएको छ भने गलकोट नगरपालिकामा चन्द्रमणि न्यौपाने र गुमानसिंह भण्डारी,ढोरपाटन नरपालिका र निसिखोला गाउँपालिका छविलाल पाण्डेलाई जिम्मेवारी दिइएको छ ।
त्यस्तैगरी काठेखोला गाउपालिकामा गणेश नेपाली,बडिगाड गाउपालिकामा संगम घर्ती मगर,तमानखोला गाउँपालिकामा बसन्त घर्ती,ताराखोला गाउपालिकामा महेन्द्र निउरे र शान्त खत्री,बरेङ गाउपालिकामा मदन कार्की लाइ जिम्मेवारी तोकिएको छ । स्थानीय चुनावको प्रचारप्रसार तथा समाचार संकलन गर्नका लागि प्रेस युनियन बागलुङ शाखाले सम्पुर्ण पत्रकार तथा सञ्चारकर्मी साथीहरुलाइ सहयोग गर्न आह्वान समेत गरेको छ ।
बैठकले नेपाल पत्रकार महासंघको भवन निर्माणका लागि ‘हामी सवैको रहर,नेपाल पत्रकार महासंघको साझा घर ‘ भन्ने मूल नारालाइ आत्मसात गर्दै यहि चैत्र १६ देखि सुरु हुने आर्थिक संकलन अभियानमा सहयोग गर्न आग्रह गरेको छ ।
पत्रकार महासंघको भवन निर्माणमा सम्पूर्ण पत्रकार तथा सञ्चारकर्मीहरुबाट पनि आर्थिक संकलन गर्ने र सम्पूर्ण संघसंस्था,निकाय,सरकारी कार्यालय,राजनीतिक दल सवैसँग सहयोग जुटाउन पहल गर्ने निर्णय गरेको छ ।
त्यस्तैगरी उक्त बैठकले नेपाल प्रेस युनियन पश्चिमाञ्चल संयोजक प्रदिप कापm्लेका बुवा पुरुषोत्तम काफ्लेको असामयिक निधन प्रति दुख व्यक्त गर्दै शोकाकुल परिवारमा धैर्यधारण गर्ने शक्ति प्रदान होस भन्दै शोक प्रस्ताव पारित गर्ने गरेको छ ।
त्यस्तैगरी प्रेस युनियन बागलुङ शाखाको नेपाल बैङ्कमा खाता सञ्चालनका लागि प्रेस युनियन जिल्ला अध्यक्ष नरेँश कडेल र कोषाध्यक्ष उषा पौडेलको नाममा सञ्चालन गर्ने निर्णय बैठकमा भएको छ । गलकोट क्षेत्रमा बैशाख पहिलो साता गलकोट भेला गरी गलकोट इकाइ गठन गर्ने भएको प्रेस युनियन जिल्ला अध्यक्ष नरेश कडेलले बताए । यहि चैत्र २६ गते पोखरामा हुन गइरहेको प्रेस युनियनको राष्ट्रिय भेलामा जिल्लाका सम्पूर्ण युनियनका पदाधिकारी एवं सदस्यहरुलाइ उक्त भेलामा सहभागि हुन आग्रह गरिएको सचिव संगम घर्ती मगरले बताए ।
बैठक प्रेस युनियन जिल्ला अध्यक्ष नरेश कडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।













































































































































































































