७ जेष्ठ २०८१, सोमबार

 

भँगेरा, माओ र चीन

माओत्सेतुग पालामा भँगेरा ,उपिया ,मुसा र लामखुट्टेलाई चार शत्रु घोषणा गरियो । भँगेरा, उपिया ,मुसा र लामखुट्टे निर्मूल गर्ने अभियानले चीनमा भगेरा मुक्त देश स्थापित पनि भयो । त्यसपछि किसानको भकारीमा धान भन्दा धान कीरा देखिन थाल्यो । सलहले विगविगी मच्यायो । किटनाशक औषधि पनि धेरै प्रयोग भयो । फलस्वरूप चीनले ठूलै अनिकाल बेहोर्नु पर्यो ।

सन १९५८ देखि १९६१ को तीन वर्षे अनिकाल चीनको इतिहासमा कालो अक्षरले अंकित हुन पुग्यो । भँगेराले कीरा फटयांग्रा खाएर उन्न उत्पादन बढाएको र प्रकृतिको सन्तुलन कायम गरेको कुरा बिर्सेको हुनाले अनिकाल भोग्नु परेको थियो । त्यहि घटनामा पछि चीनमा जैविक विविधताको चेतना खुलेको थियो ।
(डा.तीर्थबहादुर श्रेष्ठ , भँगेरामै छ जे छ लेख ,शिक्षक मासिक २०७४,वैशाख)

प्रतिक्रिया दिनुहोस्