४ श्रावण २०८३, सोमबार

 

मल्ममा विद्यार्थीहरुले बिग्रेको गोरेटो बाटो मर्मत गरे

वर्खायाम सुरु भए सॅगै बिग्रेको गोरेटो बाटो गलकोट नगरपालिका ७ मल्ममा मर्मत गरिएको छ ।
ज्यामिरे खोला देखि जनहित माध्यमिक विद्यालय जोडने करिब ५० मिटर गोरेटो बाटो जनहित माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले सामुहिक रुपमा मर्मत गरेको प्रधानाध्यापक विष्णु प्रसाद गौतमले जानकारी दिनुभयो । दिउॅसोमा लगातार परिरहेको वर्षाका कारण उक्त गोरेटो बाटो माथिबाट खनिएको सडकको ढुङगा माटो सहितको गेग्रेटो झरेर हिडनलाई समेत कठिनाई भएको थियो । सडक मर्मत पछि आवतजावत र पशु चौपायाको लागि सहज भएको जनहित माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दल बहादुर थापाले बताउनु भयो।
गोरेटो बाटो मर्मत पछि विद्यार्थीहरुले सामाजिक क्षेत्रमा पुराएको योगदानको स्थानियले प्रशंसा समेत गर्न थालेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung