४ कार्तिक २०८३, मंगलवार

 

भवन नहुदा पठन पाठनमा समस्या

ढोरपाटन नगरपालिका–६ मा रहेको विद्या विकास माविमा प्रयाप्त मात्रामा कक्षा कोठा नहुदा पठन पाठनमा समस्या भएको छ ।
२०१९ सालमा स्थापना भएको उक्त स्कुल २०५५ सालदेखि निमाबि सञ्चालन भएको र २०७२ देखि मावि सञ्चालन गरिको थियो ।
अहिले विद्यलयको स्थिती नाजुक र आर्थि, भौतिक अवस्था निकै कमजोर रहेको छ ।

अहिले विद्यालयमा कार्यालय सहित १० वटा कोठा रहेका छन । कक्षाकोठा थोरै भएको हुदा आधारभुत कक्षाका विद्यार्थीहरुलाई एकै कोठमा राखेर कक्षा संचालन गदै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमेश बुढा मगरले बताए ।

एउटै कक्षा कोठामा धेरै कक्षाका विद्यार्थीहरुलाई शिक्षण गराउँदा शिक्षण सिकाईमा समेत समस्या भएको सोहि विद्यालयका प्रध्यानाध्यापक खुम बहादुर अदै ले बताए ।

‘ एकै कोठामा फरक फरक कक्षाका विद्यार्थीहरुलाई राखेर शिक्षण गर्दा शिक्षण क्रियाकलाप प्रभावकारी हुन्न भन्ने थाहा हुदा हुदै पनि एउटै कोठामा राखेर शिक्षण गर्न बाध्य छौ ’ प्र.अ अदैले भने ।

प्रा वि तहमा ५ जनाको दरबन्दि हुनुपर्नेमा ४ जना निमाविमा ३ राहत हुनुपर्नेमा २ जना मात्र शिक्षक रहेका छन् । अहिले उक्त विद्यालयमा ३ सय भन्दा बढी विद्यार्थीले १ घण्टा हिडेर आई अध्ययन गरिरहेका छन् ।

विद्यालयमा कक्षा कोठाको अतिरिक्त प्रयाप्त खेल मैदान, शौचालय र खाने पानीको समेत अभाव रहेको छ । सदरमुकामदेखि टाढा रहेको यो विद्यालय भौगोलिक हिसाबले समेत पछाडी परेको छ । बारम्बार विद्यालयको समस्या सरकारवालाहरुलाई सुनाउँदा कुनै किसिमको सुनुवाई नभएको अध्यक्ष बुढाले बताए ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung