२१ बैशाख २०८१, शुक्रबार

 

लण्डनको एक सबवेमा विस्फोटन, आतंककारी हमला भएको प्रहरीको ठहर

लण्डनको पार्सन्स ग्रीन स्टेसनमा रहेको एक यात्रुबाहक सबवे ट्रेन (ट्युब)मा आज बिहान विस्फोटन भएको छ । स्थानीय समयअनुसार बिहान ८ः२० बजे भएको सो विस्फोटनमा परी केही मानिसहरु सामान्य घाइते भएको बिबिसीले जनाएको छ ।

ट्युबभित्र एउटा सुपरमार्केट झोलाभित्रको एउटा बाल्टिनमा रहेको विस्फोटक पदार्थ पड्केपछि ट्युबमा आगो लागेको स्कटल्याण्ड यार्ड (लण्डनको महानगरी प्रहरी सेवा)ले जनाएको छ । घाइते १८ जनालाई अस्पताल लगिएको पनि प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरीका अनुसार के कारणले उक्त विस्फोटन भएको र कसले विस्फोटन गराएको भन्ने कुरा स्पष्ट भइसकेको छैन । तर सो घटना आतंक फैलाउने मनसायले गराइएको प्रहरीको ठहर छ ।

घटनापछि प्रधानमन्त्री थेरेसा मेले सामाजिक संजाल ट्विटरमा लेखेकी छन्, ‘पार्सन्स ग्रीनमा घाइते भएकाहरु र यस आतंककारी घटनाका दौरान वीरतापूर्वक खटिरहनुभएका सम्पूर्णप्रति मेरो सहानुभुति छ ।’

घटनापछि स्थानीय समयअनुसार दिउँसो १ बजेको लागि सरकारको आकस्मिक बैठक बोलाइएको छ ।लण्डनका मेयर सदिक खानले सबैलाई धैर्यता राख्नको लागि अपिल गर्दै भने, ‘आतंकबाट हामी कहिल्यै भयभीत हुने वा हार्ने छैनौँ ।’

साभार मूल्याङ्कन

प्रतिक्रिया दिनुहोस्