पारिवारिक भिसामा डेढ महिनाअघि जापान आएकी चितवन लंखुकी ३५ वर्षीय भिमा पाण्डेको नागोयामा मृत्यु भएको छ ।स्वास्थ्यमा समस्या भएपछि उपचारार्थ नागोयाका सिनोदावासी नजिकैको नागोया मुटु अस्पतालमा उपचारको क्रममा शुक्रबार राति पाण्डेको मृत्यु भएको हो ।
जापान आएको १० दिनपछि स्वासप्रस्वासमा समस्या भएपछि निरन्तर उपचाररत पाण्डेको शुक्रबार राति मृत्य भएको अस्पतालले पनि पुष्टि गरेको छ । पाण्डेका श्रीमान् विगत १८ महिनादेखि नागोयामा कुक भिसामा बस्दै आएका छन् । मृतक पाण्डेको असोज ३ गते मंगलबार नागोयाको मितो सहरस्थित स्थानीय शवदाहगृहमा अन्त्यष्टि गरिने चितवन समाज जापानले जानकारी दिएको छ ।
पाण्डेको मृत्युसँगै पछिल्लो डेढ महिनाको अवधिमा जापानमा पाँचजना नेपालीले ज्यान गुमाएका छन् । जसमध्ये नवलपरासीको नवलपुरका हृदयन्द्र जिसीको शव एकसाता अघि मात्र नेपाल पुगेको थियो ।
साभार कान्तिपुर













































































































































































































