२२ बैशाख २०८१, शनिबार

 

सामसङ इलेक्ट्रोनिक्सका प्रमुखको राजीनामा

दक्षिण कोरियाको एउटा ठूलो विद्युतीय सामाग्री उत्पादक कम्पनी सामसङ इलेक्ट्रोनिक्सका प्रमुखले पदबाट राजीनामा दिएका छन्। उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत क्वोन ओह(ह्युनले भनेका छन् सो व्यवसायले द्रूत गतिमा परिवर्तन भैरहेको प्रविधि उद्योगका कारण अभूतपूर्व संकटको सामना गरिरहेको छ र त्यसका लागि युवा नेतृत्वको आवश्यकता पर्दछ।

सामसङका लागि यो पछिल्लो व्यवधान हो जस्का यसअघिका प्रमुख जे वाई लीलाई गत अगस्ट महिनामा घुसखोरी सम्बन्ध अभियोगमा दोषी ठहर भएपछि पांच वर्षको जेल सजाय सुनाइएको थियो। क्वोनले आफूले पदत्याग गर्नेबारे केही समयअघिदेखि नै सोचिरहेको र त्यसलाई मूर्तरुप दिन धेरै समय प्रतिक्षा गर्न नसकेको बताएका छन्।

उनी सन् २०१८ को मार्च महिनासम्म सामसङ ईलेक्ट्रोनिक्सको बोर्डमा कायमै रहने छन् ।
बीबीसीसंग कुरा गर्दै सामसङका एकजना प्रवक्ताले ूचांडैू नै उनको उत्तराधिकारी नियुक्त गरिने बताए तर उनले त्यसका लागि कुनै समयसिमा भने दिएनन्।
प्रभाव
सामसङ व्यापारिक समूहको मुकुटको बहुमूल्य रत्नका रुपमा सामसङ इलेक्ट्रोनिक्सलाई लिने गरिन्छ। सामसङ समूहमा परस्पर अन्तरसम्बन्ध भएका साठीवटा कम्पनीहरु छन् र त्यो दक्षिण कोरियाको विशाल पारिवारिक व्यवसाय मध्येको एक हो। तर सामसङको नेतृत्व तहमा देखिएको समस्याले कम्पनीको तल्लो तहमा प्रभाव पारेको देखिएको छैन। प्रमुख कार्यकारीको राजीनामा आउनु अघि नै सामसङ इलेक्ट्रोनिक्सले कम्प्युटर चिप्सहरुको मूल्यमा बृद्धि भएका कारण आफूहरुको त्रैमासिक मुनाफा पनि ठूलो मात्रामा बढ्ने आकलन गरेको थियो। झण्डै तेह्र अर्ब डलरको त्रैमासिक मुनाफा बजारले अनुमान गरेको भन्दा निकै बढी हो।

साभार : BBC नेपाली सेवा

प्रतिक्रिया दिनुहोस्