३ श्रावण २०८३, आईतवार

 

कतारमा दाहाल र पाख्रीनको सम्झनामा श्रद्धाञ्जली सभा

कतारमा रहेका नेकपा माओवादी केन्द्र र नेकपा एमालेका भातृृ संगठनले नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य एवंम प्रचण्डका स्वकीय सचिव साकार दहाल (प्रकाश) र जनवादी गायक खुसीराम पाख्रीनको सम्झनामा एक कार्यक्रम गरि श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

नेपाली जनप्रगतीशिल मंच कतार र प्रवासी नेपाली मंचले कतारले सनैयामा बिहीवार संयुक्त कार्यक्रम गर्दै गत मंसिर ३ गते असमयिक निधन भएका दहाल तथा उनैको सम्झनामा गत मंशिर ५ गते चितवनमा वाम गठबन्धनले सयुक्त रुपमा आयोजना गरेको जन सभामा जनबादी गित प्रस्तुत गर्दै गर्दा हृदयघातका कारण मृत्यु भएका स्वर्गीय पाख्रीन प्रती श्रद्धाञ्जली सभा सम्पन गरेको हो ।

कार्यक्रममा बोल्दै नेकपा मओवादी केन्द्रका मध्यपुर्व संयोजक सनीकुमार ओलीले दिवंगत दहालले नेताको सचिवालय व्यवस्थापन र सुरक्षा लगाएतका चुनौतीपुर्ण कार्यलाई उत्कृष्ट रुपमा सम्पन्न गरेको भन्दै कोहि पनि मान्छे जिवित रहने बेलासम्म उसलाई विभिन्न टिकाटिप्णी गरिए पनि उनको अभावमा मात्र वास्तविक मुल्याङकन हुने बताए । साथै ओलीले जनवादी गायक एवंम नेकपा मओवादी केन्द्रका सल्लाहकार पाख्रीनले आफना सिर्जना मार्फत सधै जनतालाई चेतना फैलाउने र बिशेष गरि युवालाई नेतृत्व लिन आह्वान गर्ने गरेको बताए । 
सो शोक सभामा बोल्दै प्रवासी नेपाली मंच कतारका संस्थापक अध्यक्ष कमलमणि गुँरागाईले स्वर्गीया दहाल र पाख्रीनको निधनबाट समग्र वामपान्थी आन्दोलनमा अपूरणिय क्षती पुगेको भन्दै शोकलाई शक्तिमा बदलेर अगाडि बढनुपर्ने बताए ।

कार्यक्रममा प्रवासी नेपाली मंच कतारका अध्यक्ष चाणक पोख्रेलले स्वर्गिय प्रकाश दाहालको निधन प्रति सिङ्गो प्रवासी नेपाली मंच शोकमा डुबेको भन्दै प्रकाश पुुुुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को पुुत्र मात्र नभएर सिङ्गो नेपालको एक होनाहार युवा गुुुुमाउनु परेका बताए ।

जनप्रगतीशिल मंचका पाचौ महाधिवेशन समिती संयोजक रकम ध्वाज राईको अध्यक्षता सम्पन्न सो कार्यक्रममा नेपाली जनसम्पर्क समिती कतारका महामन्त्री अजिज ओली, गैरआवसीय नेपाली संघ सामान्य परिषद् कतारकाा अध्यक्ष नविन पोख्रेल, प्रवासी नेपाली मंच कतारका सल्लाहकार टिवि कार्की, संघिय लिम्वुवान सामाजिक मञ्चका महासचिव डम्बर एभेन, नेपाली जनप्रगतीशील मञ्चका संगठन विभाग प्रमुख मोहन कार्की, सल्लाहकार सन्तोष क्षत्री, नेपाली जनप्रगतिशिल मंचका पाचौ महाधिवेशन सहसंयोजक राजु डुम्रे, सल्लाहकार महामुद कार्की, महासचिव प्रेम लामा महासचिव, पुर्ब महासचिव जैबी राई, एनआरएनए एनसीसी कतारका द्वितिय उपाध्यक्ष सुदर्शन भट्ट, महासचिव बुधबल गुरूङ, नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष गणेश बन्जाडे लगायत प्रवासी नेपाली मंच र नेपाली जनप्रगतिशिल मंचमा आवद्ध लगायत विभिन्न संघ सस्थाका प्रतिनिधिको उपस्थिती रहेको थियो ।

नेपाली जनप्रगतिशिल मञ्च कतारका सचिव महेश दाहाले शोक वक्तव्य प्रस्तुत गरेकाको कार्यक्रमको सञ्चालन प्रवासी नेपाली मंच कतारका महासचिव मुनाफ मियाँले गरेका थिए ।

फोटो सन्तोष क्षेत्रीको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung