१ जेष्ठ २०८२, बिहीबार

 

दिगो विकास लक्ष्य बारे जनप्रतिनिधिलाई सहजिकरण

दिगो विकास लक्ष्य बारे बागलुङ नगरपालिका भित्रका जनप्रतिनिधि तथा नगर कार्यपालिका सदस्य लाई अभिमुखिकरण कार्यक्रम गरिएको छ । भिएसओ नेपाल र बीबीसी (विमन वेईजिङ कमिटि) काठमाण्डौको आर्थिक सहयोग तथा बीवाईसी (भिमापोखरा युवा क्लव बागलुङ) को व्यवस्थानमा कार्यक्रम गरिएको हो । ‘लैंगिक समानता, कसैलाई पछाडी नछोनौँ, जहाँ विकास छैन त्यहाँ पहिले पुगौँ’ भन्ने कार्यक्रमको मुख्य उदेश्य हो ।

सन् २०१७ देखि ३० सम्मका लागि संयुक्त राष्ट्र संघले राखेको दीगो विकास लक्ष्य बारे सहजिकरण भएको हो । कार्यक्रममा बीबीसी (विमन वेईजिङ कमिटि) काठमाण्डौ अध्यक्ष शान्तालक्ष्मी श्रेष्ठ र सुरक्षा पौडेल तथा बागलुङकी महिला विकास अधिकृत डिलकुमारी शर्माले सहजिकरण गरेका थिए । नगरप्रमुख जनकराज पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता भिमापोखरा युवा क्लवका कार्यवाहक अध्यक्ष मणिभद्र शर्माले गरेका थिए । सञ्चालन कृष्ण कुमारी वाईवाले गरेकी थिईन् । कार्यक्रममा बागलुङ नगरका जनप्रतिनिधि सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung