४ श्रावण २०८३, सोमबार

 

खर्बाङमा सितोरियो कराँतेको प्रथम वेल्ट टेष्ट

नेपाल सितोरियो कराँते संघ उप–शाखा डोजो बडिगाड–२ खर्बाङको आयोजनामा प्रथम वेल्ट टेष्ट तथा डोजो उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । डोजोको उद्घाटन गर्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति बागलुङका उप–प्रमुख विष्णुप्रसाद भुसालले खेलाडिलाई राष्ट्रले चाहेको खेलाडि बन्न अनुशासन महत्वपूर्ण हुने भन्दै त्यस तर्फ लाग्न खेलाडिलाई आग्रह गरे ।

खेलाडिमा लगनशिलता हुने हो भने खेल राष्ट्रसंगै जिविको निर्वाहको लागि पनि राम्रो गन्तव्य वन्ने बताए । स्थानिय सरकारले खेललाई उच्च प्राथमिकता दिएको भन्दै भुसालले कँरातेको विकासको लागि बडिगाड गाउँपालिकाले १० लाख विनियोजन गरेको र बुर्तिबाङमा हुने क्षेत्रिय प्रतियोगिताको लागि पनि ६० हजार विनियोजन गरेको जानकारी दिए ।

कार्यक्रममा वडा अध्यक्ष हिमा खरेल, नेपाल सितोरियो कराँते धौलागिरि संयोजक तथा जिल्ला प्रशिक्षक धनराज महर्जन, त्रिभुवन मावि खर्वाङका प्रधानाध्यापक ढालमणि भण्डारी, राजनैतिक दलको तर्फबाट नेकपा एमालेका लक्ष्मण वराल, लगाएतले बोलेका थिए । कार्यक्रममा प्रथम डान तथा दोश्रो डानको प्रमाण पत्र तथा परिचय पत्र वितरण गरिएको थियो ।

खर्बाङमा ९ महिनादेखि सुरु गरेको डाजोले पहिलो पटक ग्रेडिङ गरेको हो । ‘स्वास्थ्यको लागी खेल राष्ट्रको लागि खेल’ भन्ने नारासहित सुरु भएको कार्यक्रममा बुर्तिबाङ डान्स सेन्टरका कलाकारहरुले विभिन्न नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रम नेपाल सितोरियो कराँते संघ उप–शाखा डोजो बडिगाड–२ खर्बाङका अध्यक्ष ज्ञानबहादुर वलालको अध्यक्षता, सदस्य थुमा क्षेत्रीको स्वागत मन्तव्य तथा संचारकर्मी मिनु विसिको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung