४ श्रावण २०८३, सोमबार

 

‘मुलुकको समृद्धिका लागि मेलमिलापको आवश्यकता’–भट्ट

गैर आवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले मुलुकको विकास र समृद्धिका लागि सबैले मिलेर काम गर्नुपर्ने आजको आवश्यकता भएको बताएका छन । अंग्रेजी नयाँ वर्ष तथा ४१ औँ राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारेर टोकियोमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष भट्टले ‘आफ्नो पनि सबै साथ एकै हात’ भन्ने नारासहित एनआरएनएको लागि यो वर्ष नयाँ काम र देशमा लगानीको वर्ष भएकोले सबैले आफ्नो क्षेत्रबाट सहयोग पुर्याएर नेपाली नागरिक हुनुको दायित्व पुरा गर्नका लागि आग्रह गरे ।

सबै मिलेर आत्मियता र भाइचाराको हिसाबले देशको लागि काम गर्ने समय आएकोले यस्तो अवसरको सदुपयोग गर्नका लागि समेत अध्यक्ष भट्टले अनुरोध गरे । नेपाली जनसम्पर्क समिति जापानले आयोजना गरेको सो कार्यक्रमका वक्ताहरुले नेपालमा राजनीतिक दलहरुले मेलमिलापको सिद्धान्त लागु नगरि आआफ्नो ढंगले अगाडि बढ्दा मूलुकको विकास हुन नसकेकोले मूलुकको समृद्धिका लागि सबै मिलेर काम गर्नपर्नेमा जोड दिएका थिए ।

सो कार्यक्रममा नेपाली राजदूतावासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्याल, एनआरएनए एसिया प्यासिफिक संयोजक किरणविक्रम थापा, एनआरएनए आइसिसि सदस्य महेश श्रेष्ठलगायत जापानमा क्रियाशील संघ–संस्थाका प्रतिनिधिहरुले आफ्नो धारणा राखेका थिए । कार्यक्रम सम्पर्क समितिका सभापति रोशन केसीको अध्यक्षता तथा महामन्त्री रामजंग कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung