३२ असार २०८२, बुधबार

 

कारको ठक्करबाट जापानमा एक नेपालीको मृत्यु

जापानको दक्षिण पश्चिम क्षेत्रमा अवस्थित ईसिखावा राज्यको खानाजावा शहर स्थित एक रेष्टुरेन्टमा कार्यरत एक नेपाली युवाको मंगलबार राती कारको ठक्करबाट मृत्यु भएको छ । मंगलबार राती १०स्१५ बजेतिर रेष्टुरेन्टको काम सकेर घर फर्कने क्रममा पछाडीबाट तिव्रगतिमा आएको कारको ठक्करबाट बाग्लुङ नगरपालिका ६ का कृष्ण सापकोटाको घटनास्थलमै मृत्यु भएको हो ।

चिसोका कारण सडकमा जमेको वरफमा पछाडीबाट तिव्रगतिको निजीकार नियन्त्रण भन्दा बाहिर गएपछि पैदल हिडिरहेका सापकोटालाई ठक्कर दिएको थियो । दुई वर्ष अघि कुक भिषामा जापान आएका २५ वर्षिय सापकोटा सडकमा एक्लै पैदल हिडीरहेका थिए ।

घटना लगत्तै उनलाई नजिकैको अस्पताल लगिएको थियो । तर चिकित्सकले उनिलाई मृत्यु भईसकेको जनाएको थियो । घटनाबारे प्रहरीले परिवारलाई जानकारी दिएको थियो ।

दूर्घटना बारेमा थप जानकारी लिन बुधबार बिहान गैरआवासीय नेपाली संघ एनआरएनए जापान तोकाईहोकिरिकु क्षेत्रका टोलीले विस्तृत जानकारी लिएको थियो । मृतकका आफन्तका अनुसार मृत शरिरलाई बिहीबार जापानमानै अन्तिम दाहसंस्कार गरिने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung