२६ असार २०८२, बिहीबार

 

मृतक बुढाथोकीको परिवारलाई आर्थिक सहयोग

रोजगारीको सिलसिलामा विगत ८ वर्षदेखि जापानको टोकियोमा कार्यरत हर्कबहादुर बुढाथोकीको गत २०१७ डिसेम्बर ५ मा दिन हृदयघातका कारण मृत्यु भएको थियो । उक्त घटनालाई लिएर जापानमा रोजगार गर्दै आएका आफन्तजन, इष्टमित्र, शुभचिन्तक, समाजसेवी, बुद्धिजीवी लगायत नेपालीहरूले चन्दा संकलन गरि मृतकको परिवारलाई जापानी यन १ सयय १८ मान ५ यन सहयोग गरिएको मानबहादुर थापाले नयाँ विश्व डट कमलाई जानकारी दिए ।

गलकोट नगरपालिका – ६ नेपानेका स्व हर्कबहादुर बुढाथोकी जापानको टोकियोमा विगत ८ वर्षदेखि काम गर्दै आएको भएता पनि उनको परिवारको अवस्था निकै कमजोर रहेको र वृद्धा बुबा आमा को स्वास्थ स्थिति पनि कमजोर रहेको र नावालक १ छोरा १ छोरी स–साना भएकोले उनको परिवारलाई केही राहत मिलोस् भन्ने हेतुले यो अभियान सञ्चालन गरिएको यस चन्दा संकलनका अगुवाइ कर्ता मिलन के सी ले बताए ।

साथै चन्दा संकलनमा सहयोग पुराउने सहयोगी मान थापा, देवेन्द्र बस्नेत, अर्जुन के सी, अर्जुन कार्की, निम खड्का, विजय भण्डारी, सुमित खत्री, भकबहादुर खड्का, डम्बर थापा, बमबहादुर खत्री साथै गलकोट समाज जापान सम्पूर्ण सहयोगदाताहरूलाई मृतकको परिवार तथा श्रीमती कमला बुढाथोकी र चन्दा सहयोग संकलन समितिले हार्दिक धन्यवाद दिउका थिए ।

सहयोग रकम हस्तान्तरण कार्यक्रम जापान टोकियो सिन ओकुवुको सोलमारी रेष्टुरेण्टमा मृतक हर्कबहादुर बुढाथोकीकि श्रीमती कमला बुढाथोकीलाई हस्तान्तरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung