काठेखोला गाउंपालिका वडा नम्वर ६ को अयोजनामा ईनारपानिमा निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न सम्पन्न भएको छ ।
शिविरमा वडा भित्रका ४ सय ९५ पशुको स्वाथ्य परिक्षण गरिएको काठेखोला गाउंपालिकाका वडा नम्वर ६ का सचिव मनोज कार्कीले जानकारी दिए । वडा भित्रका गाई भैसी, बाख्रा, रागा गोरु लगायतका पशुहरुको पशु सेवा प्राबिधिक रामकृष्ण सुबेदी र केशव पौडेलले निशुल्क जाच गरेका थिए । शिविर पुर्व आयोजित कार्यक्रममा बोल्दै काठेखोला गाउंपालिका वडा नम्वर ६ का पशु स्वास्थ्य प्राबिधिक रामकृष्ण सुबेदीले पशुहरुलाई बिभिन्न रोग लाग्न बाट बचाउनका लागि समय समयमा स्वास्थ्य जाच गराउन सुझाव दिए ।
कार्यक्रम कार्यपालिका सदस्य जमुना देबी कंडेलको अध्यक्षता, वडा सदस्य लिलाधर ढुङ्गानाको स्वागत मन्तब्य र वडा नम्वर ६ का सचिव मनोज कार्कीको संचालनमा सम्पन्न भएको थियो ।























































































































































































