३ कार्तिक २०८३, सोमबार

 

भंगारामा नहर बनाईँदै

 

पर्वतको फलेवास नगरपालिका–९ भँगरामा नहर निर्माण गरिने भएको छ । बिगुवा खोलामा रहेको पानी एकीकृत गरी काजीको फाँटसम्म खेती सिञ्चित गर्न नहर निर्माण गर्न लागेको हो । फलेवास नगरपालिकाको अनुदानमा नहर निर्माण गर्न थालिएको हो ।

नहरले करिव १० विघा खेतवारी सिचाई गर्न सकिने लक्ष्य रहेको वडाध्यक्ष गंगाधर शर्माले बताए । नहरका लम्वाई २ किलोमिटर लामो रहेको छ । सिँचाईको अभावमा विभिन्न समस्या झेल्दै आएका भँगरावासी नहर निर्माण सँगै हर्षित भएका छन् । नहर निर्माणका लागि धमाधम काम भईरहेको र स्थानीयले श्रमदान गरिरहेको नहर निर्माण समितिका अध्यक्ष मेघप्रसाद काफ्लेले बताए ।

नहर निर्माणका लागि हाल ५ लाख रकम बिनियोजन भएको छ । तर,नहर निर्माणका लागि २० लाख खर्च हुने अनुमान गरिएको छ । मकै धान खेती हुदै आएको उक्त क्षेत्रमा नहर निर्माण भएसँगै गहुँ, आलु र तरकारी खेतीका लागि उक्त स्थान उपयुक्त भएको स्थानियवासीको भनाई छ । जेठ महिना भित्र सम्पन्न गर्ने उद्देश्यले काम भईरहेको नहर निर्माण समितिका सचिव बावुराम सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung