वैदेशिक राेजगारीमा गएकाे नेपालीको मृत्युकाे संख्या बढेकाे छ । पछिल्लो नाै वर्षमा मात्रै ६ हजार ४ सय ५८ जनाकाे मृत्युु भएकाे तथ्यांक बाहिर अाएकाे छ ।अवैधानिक रूपमा गएका र श्रम स्वीकृतिकाे अवधि समाप्त भएर बसेकाे नेपालीकाे मृत्युकाे संख्या जाेड्ने हाे भने मृत्युको संख्या अझ धेरै हुन्छ ।
वैदेशिक राेजगारीमा गएर याे विचमा धेरै मृत्युु हुनेकाे संख्या झापा जिल्लाकाे छ ।२९३ जना झापालीहरूकाे वैदेशिक राेजगारीकाे त्रममा प्रवासमा मृत्यु भएकाे छ ।त्यसपछि माेरङ जिल्लाकाे २८१ जना ,धनुषाकाे २६८ , सिराहाकाे २०९ ,नवलपरासी २०९ ,सुनसरीको २८० र सर्लाहिकाे १७१ जनाकाे मृत्यु भएकाे छ।दुर्घटना ,सडक दुर्घटना ,सुतेकाे अवस्थामा हुने मृत्यु लगाएत कार्य स्थलमा हुने मृत्युुकाे कारण धेरै नेपालीले वैदेशिक राेजगारीमा जादा विदेशमा ज्यान गुमाएकाे छ ।













































































































































































































