२५ असार २०८२, बुधबार

 

विश्व महिला नेतृत्व सञ्जालको सिस्टर सोसाईटी बागलुङ च्याप्टर गठन

बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बागलुङको आयोजना र नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. नेफ्स्कूनको संयोजनमा विश्व महिला नेतृत्व सञ्जालको सिस्टर सोसाईटी बागलुङ च्यापटर सहकारीकर्मी सीता शर्माको संयोजकत्वमा सोमवार बागलुङमा गठन भएको छ ।

बागलुङ जिल्लाबाट सहकारी अभियानमा क्रियाशिल महिला दिदीवहनीहरुलाई सिस्टर सोसाईटीको माध्यमवाट विश्व महिला सञ्जालमा जोड्ने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रमलाई नेफ्स्कूनका अध्यक्ष डि.वि. बस्नेतले उद्घाटन गरेका थिए ।

उद्घाटन पश्चात कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतीथि बस्नेतले अवका सहकारी संस्थाहरुले बचत तथा ऋणको कार्यक्रम मात्र नगरी उद्यमशिलता सहितको बचत तथा ऋणका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने कुरामा जोड दिएका थिए । उनले सहकारी संस्थाले हरेक क्षेत्रमा शुशासन कायम राखी सहकारी नै समुदायको आर्थिक, सामाजिक र सांस्कृतीक विकासको सवोत्कृष्ट पद्धती हो भन्ने जनस्तरमा अनुभुती गराउनु पर्ने बताएका थिए ।

बचत तथा ऋण सहकारी संस्थाहरुको संस्थागत विकास र सुदृढिकरणका लागि नेफ्स्कूनले विभिन्न कार्यक्रमहरु विकास गरी कार्यान्वयनमा ल्याईराखेको र आगामी दिनमा पनि साकोसहरुको विकासका लागि नयाँ नयाँ कार्यक्रमहरु ल्याउने योजना रहेको बस्नेतको भनाई थियो । बस्नेतले बागलुङले देशको सहकारी अभियानमा खेलेको भूमिकाको प्रशंसा समेत गरेका थिए ।

कार्यक्रममा नेफ्स्कूनका सञ्चालक एवं सिस्टर सोसाइटी नेपाल च्याप्टरका संयोजक शान्ति ढकाल अधिकारीले विश्व महिला नेतृत्व सञ्जालको बारेमा जानकारी गराउँदै सिस्टर सोसाईटी च्यापटर गठनको उद्देश्य, यसले गर्ने कार्यहरु, यसका फाईदाहरु लगाएतका विषयहरुमा सहजिकरण गरेका थिए । कार्यक्रममा जिल्ला स्वास्थ्य सहकारी संघ लि. बागलुङका अध्यक्ष सीता शर्मा र जिल्ला सहकारी संघ लि. बागलुङका सदस्य अञ्जु जि.सीले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलको अध्यक्षता उपाध्यक्ष गणेश खत्रीको स्वागत र सचिव ऋषिराम गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।

विश्व महिला नेतृत्व सञ्जाल विश्वव्यापी रुपमा सहकारी क्षेत्रमा संलग्न महिलाहरुको नेतृत्व विकासमा विश्व ऋण परिषदले नेतृत्व लिई सन् २००९ देखि क्रियाशिल ५ । यसमा १४ वटा देशहरुमा ३३ वटा भन्दा वढि सिस्टर सोसाईटी स्थापना भई काम भईरहेको र १०८ देशमा सञ्जाल विस्तार भईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung