काठेखाेला गाउपालिका वडा नं १ पालाकाे तराजी डाडामा गए राति पहिराे गएकाे छ । पहिराे कारण एउटा घर र गाेठ जाेखिममा रहेकाे वडा नं १ का वडा अध्यक्ष खड्क थापाले बताए ।
पहिराेले विघुतकाे एउटा पाेल बगाएकाे छ भने केहि पाेललाई असर पारेकाे छ ।पहिराेले गलकाेट खण्डमा पनि पाेललाई असर पारेपछि गलकाेटकाे लाइन बन्द गरिएकाे नेपाल विघुत प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख कपिल राज पाण्डेयले नयाँ विश्वलाई बताए ।
अविरल वर्षा र पहिराेकाे कारण मध्य पाहाडि लाेक मार्गकाे बागलुङ गलकाेटकाे माेटरबाटाे बन्द भएकाे नयाँ विश्वका संवाददाता भरत प्रसाद सापकाेटाले जानकारी दिए ।



















































































































































































































