१३ कार्तिक २०८३, बिहीबार

 

योजनाबद्ध बिकास गर्न स्थानिय तहलाई राष्ट्रियसभा अध्यक्ष तिमिल्सीनाको सुझाब

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले सबै स्थानिय तहले योजनाबद्ध बिकास गर्न सुझाब दिएका छन् । पर्वतको कुस्मा नगरपालिकाले आयोजना गरेको अन्तरकृया कार्यक्रममा बोेल्दै अध्यक्ष तिमिल्सीनाले योजनाबद्ध बिकास गर्दा मात्रै स्थानिय तहले आफ्नो लक्ष्य प्राप्न गर्न सक्ने बताएका हुन् ।

स्थानिय तहले गुरुयोजना, आवधिक योजना र तत्कालिन कार्ययोजना बनाउने काम आजैबाट थाल्न सुझाब दिए । योजनाबद्ध बिकास भएन भने पाँच बर्षमा उपलब्धीमुलक काम गर्न उनले बताएका छन् । पर्वत गृह जिल्ला भएकाले यहाँका स्थानिय तहका योजना बनाउने र योजना कार्यान्वयनका लागि संघीय सरकार र दातृ निकायबाट समेत हुन सक्ने सहयोग जुटाउन सधै अग्रसर हुने आश्वासन पनि उनले दिए ।

आफुँ कानुन निर्माण गर्ने थलोमा भएपनि पर्वत जिल्लाको बिकास र यहाँका समस्या समाधानका लागि सधै प्रयत्नशील भएको चर्चा गर्दै अध्यक्ष तिमिल्सीनाले दुई वटा राष्ट्रियस्तरका सडक र कालीगण्डकी बहुद्देश्यीय जलबिद्युत परियोजना अघि बढाउने काम भएको बताए ।

नबलपरासी जिल्लाको त्रिबेणी हुँदै कालीगण्डकी तिरैतिर पर्वतको सेतीबेणीबाट कुस्मा, बेनी देखि कोरल्ला जोड्न त्रिबेणी कोरल्ला प्रदेश गौरबको सडक र रिडीबाट सेतीबेणी हुँदै डाडँडा पोखरा पुग्ने सडक निर्माणका लागि बजेट बिनियोजन भएकाले यसलाई कार्यान्वयन गर्दा पर्वत जिल्लाले सबैभन्दा ठुलो फाइदा लिन सक्ने बताए । त्रिबेणीबाट पर्वत हुँदै कोरल्ला पुग्ने सडक कालीगण्डकी करिडोर भन्दा १ सय १० किलोमिटर छोटो छ ।
कुस्मा देखि कल्लेरी हुँदै बलेवा जोड्ने सडक र कालीगण्डकीमा पुल निर्माणका लागि समेत बजेट बिनियोजन भएको अध्यक्ष तिमिल्सीनाले बताए । पर्वत जिल्ला अग्ला पुलहरुको जिल्ला बन्ने क्रममा पाङ्ग देखि बागलुङ्ग जोड्ने झोलुङ्गे पुल र नाङ्गलीबाङ्गबाट बागलुङ्ग जोड्ने पुल पनि निर्माणको क्रममा रहेको बताए । आफ्नो छ बर्षे कार्यकालमा पर्वत जिल्लाले गर्व गर्न लायक काम गर्ने उनको भनाई थियो ।

कार्यक्रममा पुर्व साँसद अर्जुनप्रसाद जोशीले टुक्रे योजना भन्दा दिर्घकालिन योजना बनाउँदा कुस्माको बिकास गर्न सकिने बताउँदै नगरपालिकाले छलफल शुरुवात गरेर राम्रो काम गरेको बताए । जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बिश्वकर्मा पौडेलले सबै पालिकाहरुले आफ्ना प्राथमिकता प्राप्त योजनाहरुमा बजे बिनियोजन गर्न र कार्यान्वयन गर्न सुझाब दिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung