१३ कार्तिक २०८३, बिहीबार

 

गलकोटको धुस्तुङमा पहिरो

गलकोट नगरपालिका वाड नम्बर ३ धुस्तुङमा निरन्तरको बर्षातका कारण केहि समय अगाडि भिषण पहिरो गएको छ । धुस्तुङ बरको रुखदेखि गैराबारी सम्म करिब ३ सय मिटर पहिरो झरेको छ । पहिरो करिब १५ देखि २० मिटर चौडाई भएर बगेको स्थानियको भनाई छ । पहिरोले गर्दा स्थानिय शान्ति खत्रीको गोठको छानाको आधा भाग पुरिएको छ ।

करिब ३ बजे पहिरो झरेको हो । पहिरोले गर्दा धुस्तुङ डाडाँका करिब २ घरधुरीले पिउने भुल्के पधेरा खानेपानी आयोजनाको पाईपलाईन र चेम्बर बगाएको छ । भौतिक क्षति भएपनि मानबिय क्षति भने नभएको गलकोट नगरपालिका वाड नम्बर ३ का अध्यक्ष बिरजङ भण्डारी जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung