१३ कार्तिक २०८३, बिहीबार

 

पहिरोले महिलाको मृत्यु

पहिरोले बागलुङमा एक महिलाको मृत्यु भएको छ । जिल्लाको बडिगाड गाउ“पालिका र ढोरपाटन नगरपालिकाको सीमाना स्थित तुरतुरेमा आएको सुख्खा पहिरोमा पुरिएर अर्घाखा“ची जिल्ला घर भई बागलुङको बुत्र्तिवाङमा व्यापार गर्दै आएकी बिबिरण खातुङको ज्यान गएको बुर्तिवाङ ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक ओमप्रकाश यादवले जानकारी दिए ।

भिमगिठेबाट बुर्तिवाङ तर्फ पैदल आउने क्रममा एक्कासी आएको सुख्खा पहिरोले खातुङलाई बगाएको थियो । स्थानिय र प्रहरीको टोलीले खातुङको शवलाई निकालिएको यादवले बताए । गत शुक्रबार तुरतुरेमा नै आएको पहिरोले बडिगाड खोला थुनिएको थियो । अहिले थुनिरहेको स्थान माथिबाट खोला बगिरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung