१४ कार्तिक २०८३, शुक्रबार

 

अत्यावश्यक भएकालाई २४ घण्टामै लाइसेन्स (सूचनासहित)

काठमाडौं । यातायात व्यवस्था विभागले अत्यावश्यक सेवाका लागि २४ घन्टामै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) उपलब्ध गराउने भएको छ।

विभागले नेपालबाट विदेश जाने, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीबाट मिसनमा जाने तथा अन्यको हकमा अत्यावश्यक भनी कार्यालयबाट लेखिआएको पत्रको आधारमा छिटो स्मार्ट लाइसेन्स प्रिन्ट गरी पाउँ’ भनी निवेदन माग भइ आएमा निवेदन दिएको भोलिपल्टै प्रदान गरिने भन्दै सूचना प्रकाशन गरेको छ।

विगतमा यस्ता सेवा ८ देखि १० दिनमा उपलब्ध गराउने भएकोमा गुनासो आएको कारण सेवा चुस्त बनाएको यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्ण प्रसाद उपाध्यायले जानकारी दिए।

३ महिनाभित्र सबै सेवाग्राहीलाई लाइसेन्सको प्रक्रिया पूरा गरेको १ हप्ताभित्र लाइसेन्स उपलब्ध गराउने तयारीमा भइरहेको र त्यसको यो पहिलो चरण भएको समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung