ताराखोला । ताराखोला गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृत र सह लेखापाललाई विदाई गरेको छ ।सरुवा भै अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौ जान लागेका प्रमुख प्रशासकीय अधिकृत तोप लाल भुसाल र लोहरकटी नगरपालिका महोत्तरी जान लागेका सहायक लेखापाल राम ललित चौधरीलाई ताराखोला गाउँपालिकाको अध्यक्ष प्रकाश धर्तीले प्रशंसा पत्र र मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रममा बोल्ने अधिकास बक्ताहरुले गाउपालिकामा रहदा भुषाल र चौधरीले पुर्याएको योगदान र कार्य सम्पादन शैलीको चर्चा गरेका थिय । सोही अवसर ताराखोला गाउँपालिकाकी उपाध्यक्ष दिल कुमारी पुन रोका,ने क पा का प्रतिनिधि टेकबहादुर के सि , नेकपा क्रान्तिकारी का अमृत घर्ती , वडा न २ का वडा अध्यक्ष भद्र बहादुर घर्ती , स्वास्थ्य शाखा प्रमुख शंकर बिष्ट लगायतले विदाई मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत तोपलाल भुषाल र लेखापाल राम ललित चौधरीले ताराखोला गाउँपालिकाको कार्यालयमा रहेका कार्य गर्दाका अनुभव राख्नु भएको थियो तोपलाल भुषाल २०७४ माघ १० देखि ताराखोला गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृतका रुपमा कार्यरत रहेको थियो भने लोहरकटी नगरपालिका महोत्तरी स्थायी ठेगाना भएका स लेखापाल चौधरी ४ महिना अघिदेखि कार्यरत रहेको थियो ।
विदाई कार्यक्रम ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीको अध्यक्षता र वडा न १ का सचिव जितबहादुर सुनारको संचालनमा सम्पन्न भएको थियोे ।



















































































































































































































