बागलुङ । लियो जिल्ला परिषद 325 B1 नेपाल अन्तर्गत लियो बर्ष २०१९–२० का लागि लियो क्लब अफ बाग्लुङको अध्यक्षमा बिजय गौतम सर्बसम्मत निर्वाचित भएका छन।
समाजमा आफू भन्दा कम भाग्यशाली ब्यक्तिहरुलार्इ सहयोग गर्नु गराउनु लियोको मुख्य उद्देश्य भएकाले युवाहरुलाई नेतृत्वदायी भूमिकामा ल्याएर विभिन्न अबसर प्रदान गर्ने प्रतिबद्धता जनाएका छन।
जागरुक र अति मिलनसार ब्यक्ति वर्ष २०१९२० का लागि अध्यक्ष पदमा निर्वाचित गौतम लगाएत सम्पुर्ण टिमलाई शुभकामना दिँदै वर्तमान अध्यक्ष मनिष कंडेलले लियो लायन्सले समाजमा युवायुवतीहरुलार्इ देश विशेष सकारात्मक मार्गनिर्देश गर्ने बताए ।



















































































































































































































