बागलुङ। रुखले च्यापेर निसीखोला गाउँपालिकाका नेपाली काँग्रेसका एक स्थानीय नेताको ज्यान गएको छ । निसीखोला गाउँपालिका वडा नम्बर ६ निवासी नेपाली कांग्रेस निसीका निवर्तमान उप–सभापति ३५ वर्षीय हिमबहादुर घर्तीको गाउँमै रुख ढलाउने क्रममा रुखले च्यापेर गम्भिर घाइते भएका थिए ।
बिहिबार रुख ढलाउने क्रममा रुखले च्यापेर गम्भीर घाइते भएका घर्तीको हेलिकप्टर मार्फत पोखरा गण्डकी हस्पिटलमा लगिएको र उपचारका क्रममा मृत्यु भएको गएको स्थानीय हेम सापकोटाले जानकारी दिए ।
मृतक घर्तीको शवलाई एम्बुलेन्स मार्फत आफ्नै गाउँ निसीमा ल्याएर शनिबार अन्येष्टि गरिएको छ । घर्तीको पार्थिव शरिरमा संघीय सांसद ज्ञान कुमारी छन्त्याल र नेपाली काँग्रेस बागलुङ क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति दोर्ण कुमार कुँवरले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
तस्विरः रुखले च्यापेर निधन भएका नेताको अन्तिम दाहसंस्कारका क्रममा ।



















































































































































































































