१४ कार्तिक २०८३, शुक्रबार

 

गलकोटमा नयाँ वर्ष मेला सम्पन्न

बागलुङ। गलकोटमा न्यू नवज्योति युवा क्लबको आयोजनामा नयाँ वर्ष मेला सम्पन्न भएको छ। दलित विपन्न विद्यार्थीका लागि अक्षयकोष स्थापना र नि:शुल्क स्वास्थ्य शिविर सञ्चालानार्थ आयोजित न्यू नवज्योति युवा क्लब, गलकोटको २१ औं वार्षिकोत्सव तथा नयाँ वर्ष मेला आज सम्पन्न भएको हो।

कार्यक्रम समुदघाटन पछि बोल्दै ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीले बागलुङको क्षेत्र नं २ को विकास र समृद्विको लागि अन्तरपालिका बिच सहकार्य र समन्वय आवश्यक रहेको बताए। नगर प्रमुख नेपालीले गलकोट नगरपालिका ९ छिसका बेसहारा वृद्व दम्पति चन्द्र बहादुर रामजाली र सरस्वती रामजालीको लागि २ कोठा सहितको घर निर्माण गरिदिने घोषणा गरेका छन् ।

सो अवसरमा बोल्दै नगर प्रमुख नेपालीले न्यू नवज्योति युवा क्लबका लागि रु २ लाख ५ हजारको अक्षयकोष र दिपज्योति आधारभुत विद्यालयको लागि एक वर्ष सम्म १ शिक्षकको व्यवस्थापन खर्च व्यहोर्ने बताए ।

कार्यक्रममा गलकोट नगरपालिका ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापा, नेपाल कम्युनिष्ट पार्टी नेकपा ताराखोला अध्यक्ष पदम खत्री ‘दिवस’, घुम्टे युवा परिवारका अध्यक्ष थम्मन थापा ‘सन्देश’ र दिपज्योति आधारभुत विद्यालयका सहायक प्रधानाध्यापक वीर बहादुर चोखालले शुभकामना मन्तव्य राखेका थिए ।

मेलाको अवसरमा आयोजित खुल्ला रस्साकसीमा पुरुषतर्फ आयोजक प्रथम, पैयुडाँडा युवा क्लब द्वितिय भएका छन् भने महिलातर्फ चिसापानी आमा समुह बामिया प्रथम, सिर्जनशिल आमा समुह आँगाखेत द्वितीय भएका छन् ।

त्यस्तै भुपु भलिबल खेलमा मनसुन रेष्टुरेण्ट हटिया प्रथम र आयोजक द्वितिय भएको छ । सामुहिक नृत्य प्रतियोगितामा गलकोट नृत्याङगाना समुह हटिया प्रथम, गलकोट ईङलिस सेकेण्डरी स्कुल मल्म द्वितिय र केसी ईलेक्ट्रोनिक्स सेन्टर हटिया तृतिय भएका छन ।

पुरुष भलिबलमा १८ समुहको सहभागिता रहेकोमा नगद रु ५१ हजार हात पार्दै गलकोट स्पोर्टस हाउस हटिया प्रथम, ब्रिनिसा अनलाईन सर्भिस द्वितीय भएका छन । मेलामा राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारहरु विष्णु खत्री, ईश्वर सिंह, बिमल भण्डारी, सुरज थापाको सांगितिक प्रस्तुति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung