काठमाडौं । लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ बी १ नेपालको सातौं वार्षिक अधिवेशन पोखरामा सम्पन्न भएको छ । अधिवेशनबाट इन्दु लम्साल सन् २०१९/२० का लागि डिस्ट्रिक्ट गभर्नर निर्वाचित भएकी छन् ।
त्यसै गरी प्रथम भाइस डिस्ट्रिक्ट गभर्नरमा मनबहादुर रोका, द्वितीय भाइस डिस्ट्रिक्ट गभर्नरमा विश्वेश्वर आचार्य चुनिएका छन् ।
लायन्सको महाधिवेशनमा ९ सय ९१ जना मतदातामध्ये ८ सय ७६ मत खसेको थियो। त्यसमध्ये इन्दुले ७ सय ७५ एस भोट र ८७ नो भोट पाएकी थिइन्। मनबहादुर रोकाले प्रथम भाइस गभर्नरका लागि ७ सय ७८ एस भोट र ९६ नो भोट प्राप्त गरे। गभर्नर र प्रथम भाइस डिस्ट्रिक्ट गभर्नर बन्न ५१ प्रतिशत एस भोट ल्याउनु पर्ने हुन्छ।
त्यस्तै द्वितीय भाइस गभर्नरमा विश्वेश्वर आचार्यले ५ सय ४४ मत ल्याएका थिए भने प्रतिद्वन्दी ध्रुब श्रेष्ठले ३ सय ३० मत प्राप्त गरे।
नवनिर्वाचित डिस्ट्रिक्ट गभर्नर लम्सालले आगामी कार्यकालका लागि क्याबिनेट टिमका पदाधिकारी पनि मनोनीत गरेकी छन् । सचिवमा विनोद ढुंगाना, कोषाध्यक्ष भीमलाल पौडेल, प्रमुख सल्लाहकार महेन्द्र पौडेल, प्रमुख जनसम्पर्क अधिकृतमा रामचन्द्र पोखरेल र प्रशासकमा उदयकुमार नेपाल मनोनीत भएका हुन् ।




















































































































































































































