
काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कैलालीको लम्कीमा मंंगलबार ट्रकको ठक्करले युवतीको मृत्युपछि स्थानीय प्रदर्शनमा उत्रँदा स्थिति तनाबग्रस्त बनेको छ ।ना७ख ९२३३ नम्बरको ट्रकले ठक्कर दिँदा लम्की बहुमुखी क्याम्पसमा अध्ययनरत १९ वर्षीया सुनीता रावलको मृत्यु भएको हो ।
https://www.facebook.com/nawraj.khanal/videos/pcb.1415694201906765/1415693501906835/?type=3&theater
स्थानीयको प्रदर्शनले उग्र रूप लिएपछि स्थिति नियन्त्रण गर्न प्रहरीले लाठीका साथै अश्रुग्यास प्रहार गरेको छ । प्रदर्शनकारीका तर्फबाट हानिएको ढुंगा लागेर सात प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले जानकारी दिए ।
https://www.facebook.com/nawraj.khanal/videos/pcb.1415694201906765/1415693861906799/?type=3&theater
सहमतिका लागि अहिले बैठक बसिरहेको बताइएको छ ।