२९ असार २०८२, आईतवार

 

नाङगे धुरीलाई पर्यटकीय क्षेत्र बनाउन दुई गाउँपालिका सहमत

छविलाल पाण्डे

बागलुङ । निसीखोला गाउँपालिका र प्युठानको गौमुखी गाउँपालिकाको सिमानामा पर्ने नाङगे धुरीलाई पर्यटकीय क्षेत्र घोषणा गर्न दुवै गाउँपालिका सहमति भएका छन् ।  समुन्द्री सतहदेखि तीनहजार दुई सय पैचालिस वर्गकिलोमिटर उचाईमा रहेको नाङगे धुरीलाई दुवै गाउँपालिकाले समन्वय गरेर विकास गर्न सहमति भएका हुन् ।

आइतबार दुबै गाउँपालिका अधयक्ष, वडाध्यक्ष, प्रशासकीय प्रमुख लगाएतको उपस्थितिमा गाउँपालिकाले प्रर्यटन प्रवर्द्धन र नाङगे क्षेत्रको विकास गर्न प्रत्येक वर्ष बजेट बिनियोजन गरी कार्यान्यन गर्ने र थप बजेटका लागि प्रदेश र संघीय सरकारकालाई माग गर्ने सहमति भएको हो ।

सो अवसरमा निसीखोला गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बोल्दै प्रदेश ४ को निसीखोला र प्रदेश ५ को प्युठान जिल्लाको सीमानमा रहेको नाङगे धुरी पर्यटकीय हिसाबले अत्यन्तै महत्वपूर्ण स्थल भएकाले यसको व्यवस्थापनका निम्ती आफ्नो पालिकाले सक्दो समन्वय र सहयोग गर्ने बताए । दुवै पालिकाले समन्वय गरेर अगाडि बढेमा नाङगे क्षेत्रले पर्यटकीय हिसाबमा फोड्को मार्ने पौडेलको विश्वास छ ।

सोही कार्यक्रममा गौमुखी गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीले आफूले नाङगे धुरीको विषयमा धेरै पहिलेदेखि सुनेपनि पहिलोपटक अवलोकन गर्ने पाएकोमा खुसी व्यक्ति गरे । यसक्षेत्रको विकास र पर्यटन प्रर्वद्धनमा आफ्नो पालिकाको तर्फबाट कुनै कञ्जुसाई नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा निसीखोला गाउँपालिका र गौमुखी गाउँपालिका जनप्रतिनिधि, स्थानीय अगुवा, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung