१४ कार्तिक २०८३, शुक्रबार

पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

काठमाडाैं । पहिलो चरणको आन्दोलनमा पत्रकारलाई सडकमा उतारेको पत्रकार महासंघले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । सरकारले एकतर्फी रुपमा सदनमा दर्ता गराएको मिडिया काउन्सिल विधेयकविरूद्ध नेपाल पत्रकार महासंघ आन्दोलनमा छ ।

प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप हुने र काउन्सिललाई सरकारले नियन्त्रण गर्न खोजेको तर्क सहित महासंघले केन्द्रदेखि जिल्लासम्म आन्दोलनमा सहभागी हुन निर्देशन गर्दै आएको छ । पहिलो चरणको आन्दोलन सकिए पनि महासंघले उठाएका मागहरू सम्बोधन गर्ने सरकारले कुनै गम्भीरता नदेखाएपछि दोस्रो चरणको आन्दोलन घोषणा गर्नुपरेको महासँघले जनाएको छ । महासचिव रमेश विष्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘ समस्या समाधान गर्न सरकार सकारात्मक नदेखिएकोले दा्स्रो चरणको आन्दोलन घोषणा गर्नु परेको छ ।’ उल्लेख छ। महासंघले तय गरेको कार्यक्रम यस प्रकार रहेका छन् ।

जेठ ६ गतेदेखि २५ गतेसम्म दोस्रो चरणको आन्दोलन गर्ने । जसअनुसार सोमबार र मंगलबार महासंघका पूर्वअध्यक्षहरूसँग छलफल र परामर्शका कार्यक्रम छ।

महासंघले बानेश्वरदेखि बबरमहलसम्म हाते साङ्लो बनाइ प्रदर्शन गर्ने र मिडिया काउन्सिल विधेयक सदनमा पेश हुने दिन देशव्यापी आकस्मिक विरोध कार्यक्रम गर्ने जनाएको छ ।

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung