सवारीसाधनको चाप बढ्नथालेपछि गलकाेटकाे हटियामा जेब्राक्रस बनाईएकाे छ । पैदल यात्रुहरूकाे समस्यालाई ध्यानमा राखेर गलकाेट नगरपालिका – ३ हटियाले बजार क्षेत्रका विद्यालय, जिपपार्क, अस्पताल, बैंक लगायतमा आउजाउ गर्न सहज हुने गरी तीन स्थानमा जेब्राक्रस बनाईएकाे वडा अध्यक्ष वीरजङ्ग भण्डारीले बताए ।
पछिल्लाे समय गलकाेटमा सवारीसाधनकाे चाप बढ्न थालेपछि विद्यार्थी तथा अन्य पैदल यात्रुहरूलाई बाटाे काट्न समस्या परेकाे वडा सदस्य झहरबहादुर खत्रिले बताए ।
अधिकांस पैदलयात्री र सवारी चालकलाई ट्राफिक नियममा रहेर बाटाे काट्ने, यात्रा गर्ने, सवारीसाधन चलाउने लगायतका विषयमा जानकारी कम भएको पाइएकाले अब केहि दिनभित्र विद्यार्थी, पैदलयात्री तथा सवारी चालकहरुलाई लक्षित गरी जनचेतना मुलक सन्देश दिईने ईलाका प्रहरी कार्यालय गलकाेटका प्रमुख केशव बित्रम थापाले जानकारी दिए ।



















































































































































































































