१३ कार्तिक २०८३, बिहीबार

 

दुई होटलमा मध्यराति प्रहरी छापा मारेपछि…

झापा । यौनजन्य गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले दुई होटल सञ्चालकसहित सात जनालाई पक्राउ गरेको छ ।

बुधबार राति विर्तामोडस्थित नयाँ बसपार्क क्षेत्रमा सञ्चालित न्यूनलाइट होटलका सञ्चालकसहित सात जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मोहन थापाले जानकारी दिए ।
पक्राउ परेका सातै जनालाई आज जिल्ला अदालत झापामा म्याद थप गरी अभद्र व्यवहारमा मुद्दा चलाउने तयारी भइरहेको थापाको भनाइ छ ।

पछिल्लो समय बिर्तामोड आसपासमा सञ्चालित होटल तथा लजमा अवैधरूपमा यौनजन्य गतिविधि भइरहेको भन्ने जनगुनासोका आधारमा प्रहरीले छापा मारेको थापाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung